काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार पनि बजार १ दशमलव ६४ प्रतिशत घटेर बन्द भएका छ । नेप्से २ हजार ७७२ दशमलव १० विन्दुमा झरेको हो । आजसँगै बजार लगातार पाँच कारोबार दिन घटेको हो ।
बजार घट्दा नयाँ र सर्वसाधारण लगानीकर्ता बढी प्यानिक हुने र आत्तिएर शेयर बिक्री गर्ने प्रवृत्ति बढ्ने गरेको देखिन्छ । यसकारण पनि आज बजार घटेको हो ।
बजार घट्दा कारोबार रकम समेत घटेको छ । अघिल्लो कारोबार दिन रू.१० अर्ब १० करोड बराबरको कारोबार भएकोमा आज रू. १० अर्ब ९ करोड बराबरको भएको हो ।
यसअघि बजार छोटो समयमै २११ अंकले बढेको थियो । ९ दिनसम्म नेप्से निरन्तर बढ्दा कारोबारीले मनग्ये आकर्षत प्रतिफल पाए । यसरी बढेको बजारमा उनीहरूले विक्री चाप बढाउँदा सूचक दबाबमा परेको लगानीकर्ता बताउँछन् । यसोत नाफा खाएर विक्री गरेकाहरूले पुनः खरीदका लागि बजार घट्ने समय पर्खिने गर्छन् । यसले गर्दा पनि कारोबार रकममा दबाद परेको देखियो ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ५५ प्रतिशत , फ्लोट इन्डेक्स १ दशमलव ६४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ५५ प्रतिशत घटेको छ ।
३१५ धितोपत्रको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर १ लाख १२ हजार ३४७ पटकमा रू. १० अर्ब भन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्र मध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, ९%आइसिएफसी लिमिटेड डिबेन्चर २०८८ नामक ऋणपत्र र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आइतवार उपकार लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका शेयरधनी सर्वाधिक गुमाएका छन् । यी दुबै कम्पनीको शेयर मूल्य अघिल्लो आज १० प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । उपकार लघुवित्तको शेयर मूल्य रू. ४ हजार १६७ र सिन्धु विकास बैंकको रू. १ हजार १३३ दशमलव १० मा झरेको छ ।
सर्वाधिक शेयर खरीद विक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. १ अर्ब १२ करोड बराबरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४६ कायम भएको छ । सर्वाधिक शेयर खरीद विक्री हुने दोस्रोमा नेपाल रि-इन्स्योरेन्सको रू. ५९ करोड ९८ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ ओटै समूहगत सूचक सबै घटेका छन् । सबैभन्दा बढी अन्य समूहको सूचक २ दशमलव ६९ प्रतिशत घटेको छ । त्यस्तै लगानी समूहको सूचक २ दशमलव ४९ प्रतिशत घटेको छ ।