काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले आगामी चैत १० गते छैटौँ साधारणसभा आयोजना गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो ।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने र ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट लिएको कर्जा अनुमोदन गर्ने र आयोजनाहरू पहिचान गरी उपयुक्त आयोजनामा लगानी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा चैत ११ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।