काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २ हजार १०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री खुला गर्दा वितरण नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूलाई विक्री गर्न लागेको हो ।
शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरूले आगामी ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा पेश गर्नुपर्नेछ । यी शेयरको मूल्य विक्रेताले तोकेबमोजिम हुने जानकारी कम्पनीले दिएको छ । कम्पनीले गीता कोइरालाको नाममा रहेको संस्थापक शेयर विक्री गर्न लागेको हो ।