काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले आज (फागुन २२ गते)देखि आम सर्वसाधारणको लागि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको हो ।
कम्पनीले यसअघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ निष्कासन गरि बाँडफाँड गरिसकेको छ।
बोर्डले कम्पनीलाई प्रतिशेयर १०० रुपैयाँमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।
सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यसका साथै कम्पनीका कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो ।
कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने छ । शेयर निष्कासन तथा लागि विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।