काठमाडौं । सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको र उक्त पत्र कार्यान्वयन नगर्न अनुरोध गरेको छ । सर्वोच्चले बुधवार (आज) अपराह्न विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
‘यस अदालतको शाखा अधिकृतले चनं १९२७७ मिति २०८२/०१/१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकाले उक्त माथि उल्लेखित चनं र मितिको अनुरोधपत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रक्रिया शुरु गरिएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ सर्वाेच्चले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उक्त पत्रका आधारमा आज बिहान पक्राउ परेका चौधरी रिहा भएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा सभा स्थगित