काठमाडौं। नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ नेपाली बजारमा सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक यी दुई नयाँ मोडलहरूले पावर, प्रविधि, र डिजाइनको संयोजनमार्फत बजाज प्रेमीलाई रोमाञ्चक राइडको अनुभव दिने कम्पनीको विश्वास छ ।
नयाँ बजाज पल्सर एन१६० मा १६४ दशमलव ८२ सीसीको सिंगल–सिलिन्डर, एयर–कूल्ड, एसओएचसी, २–भल्व इन्जिन समावेश रहेको बताइएको छ, जसले १६ पीएस (११ दशमलव ७ किलोवाट) ब्रेक हर्स पावर र १४ दशमलव ६५ एनएमको टर्क दिन्छ । ५ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको बताइएको छ । यसमा डुअल–च्यानल एबिएस, ३७ मिमि अपसाइड डाउन फक्र्स र नाइट्रोक्स मोनोशक सस्पेन्सन जस्ता उत्कृष्ट विशेषता समावेश छन् । डुअल च्यानल भ्यारियन्टमा उपलब्ध विशेषताका अतिरिक्त टर्न–बाइ–टर्न नेभिगेसन, एबिएस राइड मोड डिस्प्ले उपलब्ध छन् ।
त्यसैगरी पल्सर एन१२५ मा १२४ दशमलव ५८ सीसीको एयर–कूल्ड, सिंगल स्पार्क, २–भल्व इन्जिन रहेको छ, जसले १२ पीएस को अधिकतम शक्ति र ११ एनएमको अधिकतम टर्क दिने बताइएको छ । यसमा ५–स्पीड ट्रान्समिशन र काउन्टर ब्यालेन्सर जस्ता विशेषता समावेश छन् । सार्वजनिक कार्यक्रममा गोल्छा ग्रुपका मार्केटिङ हेड अमितराज चालिसेले उत्साह व्यक्त गर्दै भने, ‘पल्सर ब्रान्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतिकको रूपमा चिनिन्छ । एन१६० ले पावर र डिजाइनअन्तर्गत बजारमा आफ्नो स्थान बनाउँछ भने एन१२५ले इन्धन सक्षमता र सहज सवारी अनुभवको नयाँ परिभाषा दिनेछ ।’