काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ९१ जलविद्युत् कम्पनीमध्ये हालसम्म ९ कम्पनीले आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
माण्डु हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, भगवती हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, अपि पावर, सुपर माई हाइड्रोपावर, साहस उर्जा र रुरु जलविद्युत परियोजनाले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।
जसमध्ये साहस उर्जा, भगवती हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र माण्डु हाइड्रोपावरको प्रस्तावित लाभांश साधारण सभाबाट पारित भइसकेको छ । साहस उर्जाले गत आइतवार सम्पन्न वार्षिक साधारण सभाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
त्यस्तै, भगवती हाइड्रोपावरले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस शेयर र १० दशमलव ७३६८ प्रतिशत नगद लाभांश पारित गरेको हो । यस कम्पनीले नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइसकेको छ । त्यसैगरी, माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश असोज १४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो ।
सुपर मादी हाइड्रोपावरले गत आवको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आज सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको छ ।
साधारण सभा हुन बाँकी कम्पनीहरूमध्ये रुरु जलविद्युत परियोजनाले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितको लागि कम्पनीले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । यस कम्पनीको बुक क्लोज भइसकेको छ ।
असोज २९ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य भएका छन् । त्यस्तै, अरुण भ्याली हाइड्रोपावरले गत आवको मुनाफाबाट शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव १५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक १४ गते साधारण सभा बोलाएको छ । यस कम्पनीको बुक क्लोज भइसकेको छ । कात्तिक ४ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन लाभांश पाउन योग्य छन् ।
मन्दाकिनी हाइड्रोपावरले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले मङ्सिर ७ गते साधारण सभा बोलाएको छ । यस कम्पनीले कात्तिक २८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा कात्तिक २७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
त्यस्तै अपि पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । यस कम्पनीको बुक क्लोज भएको छ । कात्तिक १ गतेसम्म कायम शेयरधनी लाभांश पाउन योग्य छन् ।
सुपर माई हाइड्रोपावरले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र करसहित ५ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले हालसम्म साधारण सभाको मिति तय गरेको छैन ।
कम्पनीको नाम | २०८०/८१ को लाभांश | |
बोनस शेयर % | नगद लाभांश % | |
रुरु जलविद्युत परियोजना लिमिटेड | 15 | 0.789 |
साहस उर्जा लिमिटेड | 8 | 0.421 |
सुपर माई हाइड्रोपावर लिमिटेड | 7 | 5.63 |
अपि पावर कम्पनी लिमिटेड | 5 | 0.2632 |
मन्दाकिनी हाइड्रोपावर लिमिटेड | 5 | 0.2632 |
सुपर मादी हाइड्रोपावर लिमिटेड | 5 | 0.26 |
भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड | 4 | 10.7368 |
अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड | 3 | 0.157 |
माण्डु हाइड्रोपावर लिमिटेड | 12 |
स्रोत : कम्पनीले प्रकाशित गरेको सूचनाबाट ।