काठमाडौं । सुन्धारा सेक्युरिटिज लिमिटेडले आगामी कात्तिक ३० गते आफ्नो १७ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बागदरबारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको ४ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभाले हाल कायम चुक्तापूँजीको ११ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र चालू आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।