काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आगामी मंसिर ६ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ ।
कात्तिक ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको सुकेधारास्थित सेलिब्रेसन हाईटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीले सभामार्फत गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कम्पनीले लााभांश प्रस्ताव भने गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
यस कम्पनीले २०७९ साउन १८ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको थियो ।