काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले पाँच वर्ष पुरानो लाभांश लिन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ ।
कम्पनीले मंगलवार सूचना जारी गर्दै साविक हिमालयन जनरल इन्स्योरेन्स तथा एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरूलाई आगामी ३५ दिनभित्र अघिल्ला पाँच वर्षको लाभांश रकम बुझ्न आग्रह गरेको हो ।
तोकिएको अवधिभित्र आफ्नो नगद लाभांश नबुझे लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारीसमेत कम्पनीले दिएको छ ।
नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरूले यथाशीघ्र गराउन पनि कम्पनीले भनेको छ ।