काठमाडौं । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ४९ करोड २५ लाख रुपैयाँको १ बरावर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कात्तिक ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
हकप्रद शेयर निष्कासनबाट प्राप्त रकममध्ये ३४ करोड २५ लाख रुपैयाँ आयोजना निर्माणको लागि लिएको बैंकको ऋण तथा अन्य दायित्व भुक्तानी गर्ने र बाँकी रहेको रकम १५ करोड रुपैयाँ निको इनर्जी लिमिटेडद्वारा निर्माणाधिन माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना (९ मेगावाट)का लागि आवश्यक स्वपूँजीमा लगानी गर्ने कम्पनीले नेप्सेमार्फत जनाएको छ ।
विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा हकप्रद शेयर निष्कासन गर्नेछ ।