काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापकहरुको नाममा रहेको ८ लाख ४५ हजार २२६ कित्ता शेयर माघ ३० गतेदेखि विक्रीमा ल्याएको छ ।
कम्पनीले प्रतिकित्ता ५२५ रुपैयाँदेखि ६०० रुपैयासम्मको मूल्य तोकि यी शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाहरुले फागुन १३ गते अपरान्ह ३ बजभित्र कम्पनीको केन्द्रीय कार्यालय मोरङ वा विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
यी शेयर खरीदका लागि न्यूनतम २५० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।