साउन २२, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७७/०७८ को नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
साथै कम्पनीले आव २०७७/०७८ को वित्तीय विवरण लेखापरीक्षण प्रतिवेदन पारित गरी स्वीकृतिको लागि नियामक निकायमा पठाउने निर्णय गरेको नेप्सेमार्फत जानकारी दिएको हो ।