काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले भक्तपुर राधेराधेस्थित ‘सिग्मा डायग्नोस्टिक ल्याब्रोटरी’सँग छूट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका ग्राहकले उक्त प्रयोगशालामा ४० प्रतिशतसम्म छूट प्राप्त गर्ने बताइएको छ ।
बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै विभिन्न व्यवसायीसँग निरन्तर सहकार्य गरी ग्राहकलाई विशेष छूट र सुविधा प्रदान गर्दै आएको बताइएको छ । आफ्नो खुद मुनाफाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा योगदान गर्दै आएको बैंकले नागरिकको सर्वोत्तम हित उच्च प्राथमिकतामा राखेको बताइएको छ ।
बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ५१ ओटा न्यानो नानीमार्फत हरेक वर्ष १ हजार ८८७ भन्दा बढी नेपाली शिशुको अमूल्य जीवन रक्षा गर्न सफल भएको बताइएको छ । बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बताइएको छ ।