चितवन (अस) । चितवन अटोमोबाइल डिलर्स एसोशियशन (काडा)ले आयोजना गरेको चारदिने ‘काडा अटो एक्स्पो’मा ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । चितवन प्रदर्शनी केन्द्रमा असोज १६ देखि १९ गतेसम्म सञ्चालित एक्स्पोमा ९८ ओटा गाडी विक्री तथा बुकिङ भएको र ४२ ओटा स्कुटर तथा मोटरसाइकल विक्री भएको बताइएको छ ।
काडाका अध्यक्ष राजन पियाले अटो शोमा ईभी गाडी र स्कुटरको विक्री अपेक्षा गरेभन्दा राम्रो भएको बताए । ‘एकै ठाउँमा झण्डै दुई दर्र्जन कम्पनीका गाडी, स्कुटर छानेर, बुझेर लिन पाउने सुविधा भएकाले पनि अवलोकनकर्ताको आकर्षण रह्यो,’ उनले भने ।
एक्स्पोमा बीवाइडी, नेटा, एमजी, सिट्रोन, हुन्डाई अमोडा, सेरेन, विंगो, ओरा लगायतका कम्पनीका गाडीमा ग्राहकको आकर्षण देखिएको थियो । एक्स्पो पाँच हजारले अवलोकन गरेको बताइएको छ । एक्स्पोमा दुईपांग्रे सवारीसाधनतर्फ डिएस अटोलिंक र चारपांग्रेमा ओजोन मोटर्स बेस्ट सेलर भएका छन् । बेष्ट स्टलको पुरस्कार डाइनामिक इनर्जीले पाएको छ ।
चितवन उद्योग संघको सहकार्यमा चितवन प्रदर्शनी केन्द्रमा अटोमोबाइल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ देखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.