काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले २ लाख ६० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र काठमाडौँ ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।