काठमाडौं । निरन्तर परेको वर्षाका कारण काठमाडौंको सोह्रखुट्टेमा सडक भासिएको छ । भासिएर बनेको खाल्डोमा एक मोटरसाइकल समेत खसेको थियो । हाल उक्त मोटरसाईकल बाहिर निकालिएको छ । सोह्रखुट्टे क्षेत्रमा यसअघि पनि पटक पटक सडक भासिने गरेको थियो ।
तस्वीर: सुनिल शर्मा/आर्थिक अभियान