काठमाडौं । केई एक्सचेन्ज कार्निभलको समय १ दिन थप गरिएको छ । नेपालमा केईको आधिकारिक विक्रेता लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलको आयोजना चलिरहेको केई एक्सचेन्ज कार्निभल आज (सोमवार)सम्म चल्ने भएको हो ।
काठमाडौंको थापाथलीमा वैशाख २६ गतेदेखि शुरू भएको ‘केई एक्सचेन्ज कार्निभल’ ग्राहकको अत्याधिक सहभागिताका कारण १ दिनको समय थप गरेर आजसम्म सञ्चालनमा गरिने कम्पनीले जानकारी दिएको छ ।
यो एक्सचेन्ज कार्निभलमा ६ लाख ५ हजार रुपैयाँसम्मको छूट तथा अन्य सुविधा पाइने स्कीम रहेको छ । कम्पनीले एक्सचेन्जमा आउनेलाई एक्सचेन्ज बोनस, नगद छूट, पूर्ण बीमा, वार्षिक करसँगै गाडी धुने मेसिनदेखि कपडा धुने बोशको वासिङ मेसिनसम्म दिने जानकारी दिएको छ ।