काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई ह्याम्स अस्पतालका सेवामा १० प्रतिशत साथै औषधि खरीदमा ५ प्रतिशत छूट पाइने भएको छ ।
उक्त छूट सुविधा प्राप्त गर्न कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाई छूट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी छूट सुविधा लिन सक्नेछन् ।
यस किसिमको सहकार्यले कम्पनीको व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउन सहयोग पुग्नुका साथै कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान हुने कम्पनीको विश्वास छ । भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजाने लक्ष्य लिएको बताइएको छ ।