काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आइतवार सूचीकृत भएको छ । कम्पनीको ३ लाख २९ हजार ९५९ दशमलव ३७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब कम्पनीका सम्बन्धित शेयरधनीले भोलि (सोमवार)देखि कारोबार गर्न पाउनेछन् । कम्पनीले गत चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।