काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान रू. १५ अर्ब ४८ करोड छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. १२ अर्ब ३९ करोड बराबर रहेको थियो । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको अंश १ दशमलव ८२ प्रतिशत रहेको छ ।