काठमाडौं। आर्थिक वर्ष २०७८/७९ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा थोक विक्रय, खुद्रा विक्रय, गाडी, मोटरसााइकल मर्मत क्षेत्रको योगदान रू. ७४ अर्ब ८८ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. ५७ अर्ब बराबर थियो । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन र मत्स्यपालन क्षेत्रको अंश ८.८१ प्रतिशत रहेको छ ।