काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ भोलि अर्थात मंगलवार (चैत ५ गते) बाँडफाँट हुने भएको छ ।
विक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार भोलि बिहान ८.३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने जानकारी दिएको छ ।
यस कम्पनीको आईपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १३ दशमलव २७ गुणा बढी आवेदन परेको छ ।
यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा २० लाख ४८ हजार ५३८ जनाले कुल २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका छन् ।
जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी १८ लाख ६४ हजार ३८ जनाको भने हात खाली हुनेछ ।