काठमाडौं । कृषि विकास बैंक लिमिटेडको वितरणयोग्य नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ९१ करोड १० लाख रुपैयाँभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी रहेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको वितरणयोग्य नाफा ६९ दशमलव ३३ प्रतिशत बढी भएको हो ।
खुद नाफा भने यो वर्ष १० प्रतिशतभन्दा बढीले घटेको छ । गत वर्ष २ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी मात्र यो नाफा गरेको हो । इम्पेरमेन्ट चार्ज भने यो वर्ष करिब ४० प्रतिशत कम भएको छ । गत वर्ष १ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज रकम यस वष भने ९१ करोड ६८ लाख रुपैयाँभन्दा बढी मात्र रहेको छ ।
हाल यस कम्पनीको चुुक्तापूँजी १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ छ । जगेडा कोष रकम १ अर्ब ५४ करोड ९६ लाख रुपैयाँभन्दा बढी कायम छ ।
तेस्रो त्रैमाससम्म २ खर्ब ५४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले २ खर्ब ७ अर्ब २३ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । निष्क्रिय कर्जा यस वर्ष बढेको छ । गत वर्ष ३ दशमलव ३० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ९८ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २१७ रुपैयाँ ७३ पैसा छ ।