काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्ड, कुमारी धनवृद्धि योजना र कुमारी सुनौलो योजनाले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार यी तीनओटै फण्डको न्याभ जेठ मसान्तको तुलनामा असार मसान्तमा बढेको छ ।
कुमारी इक्वीटी फण्डको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ७२ पैसा रहेकोमा असार मसान्तमा ११ रुपैयाँ ०३ पैसा पुगेको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाको न्याभ असार मसान्तमा ११ रुपैयाँ १२ पैसा पुगेको छ । यस फण्डको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ८५ पैसा थियो ।
कुमारी सुनौलो योजनाको न्याभ जेठ मसान्तमा १० रुपैयाँ ४३ पैसा रहेकोमा असार मसान्तमा बढेर १० रुपैयाँ ६५ पैसा पुगेको छ । न्याभसँगै यस फण्डको नाफा पनि वृद्धि भएको छ । फण्डले जेठ मसान्तसम्ममा रू. १ करोड ५९ लाख नाफा कमाएकोमा असार मसान्तमा रू. २ करोड ३८ लाख पुगेको छ । असारमा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । असार मसान्तसम्ममा यस फण्डले सूचीकृत धितोपत्रमा रू. २८ करोडभन्दा बढी लगानी गरेको छ ।
त्यस्तै कुमारी धनवृद्धि योजनाले असार मसान्तसम्ममा रू. १३ करोड ९८ लाख नाफा कमाएको छ । जेठ मसान्तमा योजनाको नाफा रू. १० करोड ६६ लाख थियो । यस फण्डले जेठ मसान्तमा सूचीकृत शेयरमा रू. ६७ करोड ७२ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. ८६ करोड २३ लाख पुर्याएको छ ।
त्यस्तै कुमारी इक्वीटी फण्डले पनि सूचीकृत शेयरमा लगानी बढाएको छ । जेठ मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. ६८ करोड ३० लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. ७५ करोड ४० लाख पु¥याएको हो । यस फण्डको नाफा जेठ मसान्तमा रू. ३ करोड ८५ लाख नाफा कमाएकोमा असार मसान्तमा बढेर रू. ६ करोड ९१ लाख पुगेको छ छ । असार महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।
कुमारी इक्वीटीको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस