काठमाडौं । कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरूको कारोबार आज अर्थात् असार ३१ गतेबाट खुला गरिएको छ ।
यो योजनाका इकाइहरू लगानीकर्ताहरूले काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरीद–विक्री गर्न सक्नेछन् ।
आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार गर्न सकिने क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार शुक्रवार, शनिवार र अन्य सार्वजनिक बिदाका दिन कारोबार बन्द रहनेछ । यो एउटा खुलामुखी योजना हो ।