काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारण सभा आगामी मंसिर १५ गते गर्ने भएको छ । कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १५ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले ८ दशमलव ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सोही सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको संस्थापक तथा सर्वसाधारणमा शेयरधनीको शेयर स्वामित्व क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने निर्णय अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ७ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा मंसिर ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।