काठमाडौं । नबिल बैंकले ४०औं वार्षिक साधारण सभा मङ्सिर २७ गते गर्ने भएको छ ।
बैंकको मङ्सिर २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा मङ्सिर २७ गते गर्ने निर्णय गरेको हो ।
सो बैठकले साधारण सभा प्रयोजनार्थ मङ्सिर १० गते बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा मङ्सिर ९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।
बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।