काठमाडौं । लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा मङ्सिर २५ गते गर्ने भएको छ ।
कम्पनीले सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड ब्याक्वेट बालुवाटार काठमाडौंमा गर्ने जनाएको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।