काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा काठमाडौंमा बुधवार (आज) सम्पन्न भएको छ ।
साधारण सभाले बैंकको चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्तापूँजी रु २४ अर्ब ३४ करोड पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ ।