काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
सो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंका हात्तीसार स्थित बैंकको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ ।
तोकिएको सयमसीमा भित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरीदका लागि लिखित जानकारी हुन नआएमा उक्त शेयर सर्वसाधारणलाई विक्री प्रक्रिया अघि बढाउने बैंकले जानकारी दिएको छ ।