महेन्द्रनगर (अस) । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लसुन र प्याज खेतीमा अनुदान दिने भएको छ । नगरपालिकाअन्तर्गतका किसानलाई व्यावसायिक रूपमा लसुन र प्याज खेतीमा प्रोत्साहित गर्न अनुदान दिन लागिएको नगरपालिकाका बाली विकास अधिकृत नवराज जोशीले बताए ।
उनको अनुसार न्यूनतम ५ कट्ठा जमीन भएका किसानलाई प्रतिकट्ठा रू. ३ हजारका दरले अनुदान दिइनेछ । नगरपालिकाले अनुदान कार्यक्रममार्फत १ सय ५० कट्ठा लसुन र ९० कट्ठामा प्याजको व्यावसायिक खेती विस्तार गर्ने लक्ष्य राखेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.