काठमाडौं। सागर ग्रुपले ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइल : मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ आयोजना गर्ने भएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा सागर ग्रुपले माघ २३ देखि २९ गतेसम्म उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो ।
आफ्नो ब्रान्ड तथा प्रडक्टहरू प्रयोग, विशेषतालगायत वर्तमान समयमा आएको प्रविधि र विस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सागर ग्रुपकी उपाध्यक्ष बुद्धलक्ष्मी मानन्धरले जानकारी दिइन् । नेपालमा आईटी सम्बन्धी प्रडक्ट विक्रीवितरण तथा विक्रीपछिको सेवा दिँदै आएको उक्त ग्रुपले विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टर विक्री गर्दै आएको छ । तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टरका साथै एक्स–ल्याब ल्यापटप पनि राखिनेछ । यसैगरी एक्स्पोमा क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान उपलब्ध हुने बताइएको छ ।
एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषय समावेश भएकाले ग्राहकलाई नयाँ अनुभव हुने मानन्धरले बताइन् । एक्स्पोमा आएर प्रिन्टर वा कुनै सामान किन्दा विशेष छूटको व्यवस्था रहेको बताइएको छ । एक्स्पोमा टोनर बक्स सिरिजअन्तर्गतका प्रिन्टर सार्वजनिक गरिनेछ ।
एक्स्पो अवधिभर टोनर बक्स सिरिजका प्रिन्टरको खरीदमा ५० प्रतिशतसम्म र ब्रदरका जुनसुकै प्रिन्टरको खरीदमा न्यूनतम २० प्रतिशत छूट पाइने बताइएको छ । एक्स्पो प्रत्येक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । सागर ग्रुपका अनुसार एक्स्पोमा क्युआर कोडमार्फत नाम दर्ता गरेर नि:शुल्क प्रवेश गर्न सकिन्छ । क्युआर कोड प्रणालीमार्फत अनलाइन दर्ता गर्दा एक्स–ल्याब ल्यापटप जित्ने अवसर समेत रहेको विज्ञप्तिमा उल्लेख छ ।