काठमाडौं । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ र एनएमबि सरल बचत फण्ड इले माघ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी दुवै फण्डको न्याभ पुस महीनाको तुलनामा माघ महीनामा घटेको छ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को न्याभ पुस मसान्तमा ११ रुपैयाँ ४९पैसा रहेकोमा माघ मसान्तमा घटेर ११ रुपैयाँ २७ पैसामा झरेको छ ।
त्यस्तै एनएमबि सरल बचत फण्ड इको न्याभ पुस मसान्तमा ९ रुपैयाँ ४६ पैसा रहेकोमा माघ मसान्तमा घटेर ९ रुपैयाँ २० पैसामा सीमित भएको छ । यस फण्ड माघ मसान्तसम्ममा रू. ३ करोड ८० लाख नोक्सानीमा छ । पुस मसान्तमा भने फण्ड रू. ५२ लाख ६ हजार नाफामा थियो । माघ महीनामा यस फण्डको जम्मा आम्दानी रू. २ करोड ३६ लाख ऋणात्मक रहेकाले नोक्सानीमा रहेको हो । त्यस्तै यस फण्डले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब २३ करोड लगानी गरेको छ ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले माघ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब ३ करोडभन्दा बढी लगानी गरेको छ । फण्ड सो अवधिमा रू. ११ लाख २५ हजार नाफा कमाएको छ । पुस मसान्तमा फण्डले रू. २ करोड ८४ लाख नाफा कमाएको थियो । यस आधारमा फण्डको नाफा पुस महीनाको तुलनामा माघ महीनामा घटेको छ । माघ महीनामा फण्डको आम्दानी घटेसँगै नाफा घटेको हो । पुस मसान्तसम्ममा फण्डको जम्मा आम्दानी रू. ४ करोड ५ लाख रहेकोमा माघ मसान्तमा घटेर रू. १ करोड ५३ लाखमा सीमित भएको हो ।
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्