काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर रद्द भएको छ ।
मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तसँगको मर्जर रद्द भएको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मार्फत गराएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम दुई कम्पनीबीचको मर्जर प्रक्रिया रद्द भएको बताइएको छ। राष्ट्र बैंकले यही कात्तिक २ गते पत्रमार्फत दुई कम्पनीको मर्जर प्रक्रिया रद्द गर्न निर्देशन दिएको बताइएको छ ।
यी दुई कम्पनीबीच मर्जरका लागि २०७९ चैत २ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो भने २०८० पुस ११ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
त्यस्तै, गत माघ ७ गते मर्जरको अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक र नेप्सेमा पत्राचार गरिएको थियो ।