भदौ १२, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडमा कम्पनी सचिव परिवर्तन भएका छन् ।
कम्पनी सचिव लुमिन ताम्राकारको अवकाश भएकाले कम्पनीमा कार्यरत लेखा अधिकृत दिनेशकुमार शाहीलाई कम्पनी सचिवको जिम्मा दिइएको कम्पनीले नेप्सेमा पेस गरेको सूचनामा उल्लेख छ ।
कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको कम्पनी सचिव पदमा शाहीलाई नियुक्त गरेको हो ।