काठमाडौं - मैनाली बिजनेस कन्सर्न प्रालिका प्रबन्ध निर्देशक कोमल प्रसाद मैनालीलाई वर्ल्ड बुक अफ रेकर्डस्ले सम्मान गरेको छ। नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको तथा अन्तर्राष्ट्रिय व्यापार सहजिकरणमा उल्लेखनीय भूमिका खेलेको भन्दै उनलाई २०८१ जेठ २७ गते प्रमाणपत्र सहित सम्मान गरिएको हो।
मैनालीले मैनाली बिजनेस कन्सर्न प्रालिमार्फत निर्माण सामग्री र उपभोग्य वस्तुहरू आपूर्ति गर्दै आएका छन् । विभिन्न परियोजना र व्यक्तिहरूका घर निर्माणका लागि निर्माण सामग्री उपलब्ध गराउने कार्यमा संलग्न छन्। युरोप, यूएई, भारत जस्ता मुलुकबाट बाथरुम र भान्सामा प्रयोग हुने विविध सामग्रीहरू आयात गरी आफ्नै ब्रान्ड तथा उत्पादककै ब्रान्डबाट नेपाली विक्री गर्दै आएका छन् ।
उनी आफ्नो ब्रान्डका सामग्रीहरूको गुणस्तरमा ध्यान दिँदै बजारीकरणमा र उपभोक्ताको जीवनशैली अनुसार सामग्री उपलब्ध गराउन सफल भएका छन् । अन्तर्राष्ट्रिय स्तरका सामग्रीहरू स्वदेशमा भित्र्याई उपभोक्ताको आवश्यकताहरू पूरा गर्नु मैनालीको उद्यमशीलताको पहिचान बनेको छ ।
२०७३ सालमा स्थापना भएको मैनाली बिजनेस कन्सर्न महाराजगञ्ज, काठमाडौंबाट सञ्चालन हुँदै आएको छ। युरोपबाट सिल्क प्लास्टर र मिक्स आर्ट सामग्री पहिलो पटक नेपाली बजारमा ल्याएर बिक्री वितरण गर्दै आएका छन्।
२०२२ सालमा सर्लाहीमा जन्मिएका मैनालीले प्रारम्भिक शिक्षा गाउँमै लिएर उच्च शिक्षाका लागि काठमाडौं आएका थिए। व्यवस्थापन संकायमा स्नातक गरेका मैनालीले स्नातकोत्तरको अध्ययनकै क्रममा व्यावसायिक यात्रा शुरु गरेका थिए। व्यवसायको शुरुआतमा मैनाली स-मिल स्थापना गरी झ्याल, ढोका, र फर्निचर निर्माण मार्फत उनी काष्ठ उद्योगमा स्थापित भए । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघमा समेत उनको सक्रिय भूमिका रहेको थियो। नेपाल चेम्बर अफ कमर्समा संलग्न रही व्यापारिक वातावरण निर्माणमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।