काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले ४ जनालाई दोषी ठहर्याएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आरोपितमध्ये १० जनालाई सफाइ दिएको छ ।
उक्त मुद्दामा तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिमलिडर शिवकुमार शर्मा दोषी ठहरिए । विशेषले इटालियन ठेकेदार कम्पनी सीएमसीलाई भ्रष्टाचारको मतियार ठहर गरेको छ ।
मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्षहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्दप्रसाद पौडेलले सफाइ पाएका छन् । समितिका तत्कालीन सदस्य रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा र कार्यकारी निर्देशक घनश्याम भट्टराईले पनि सफाइ पाए ।