काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले प्रिमिर इन्स्योरेन्स कम्पनी र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू. ८५८ दशमलव शून्य ९ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९४३ दशमलव ९० को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।
नेप्सेले प्रिमियर इन्स्योरेन्स कम्पनीको १४ दशमलव २५ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ६८९ दशमलव ७२ तोकेको छ । कम्पनीको अन्तिम मूल्य रू. ७८८ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।