काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत अन्तरराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधा शुरू गरेको छ ।
यसअन्तर्गत नेपाल बाहिरबाट पैसा पठाउने व्यक्तिको विवरण, रेमिट्यान्स एजेन्ट र मनी ट्रान्सफर कन्ट्रोल नम्बर बैंकको मोबाइल बैंकिङ एपमा प्रविष्ट गरेर आफ्नो खातामा सिधै रकम प्राप्त गर्न सकिने बताइएको छ ।
यो सुविधा थप भएसँगै रेमिट्यान्स रकम लिन रेमिट्यान्स काउन्टर वा पेमेन्ट एजेन्टकोमा जानुपर्ने बाध्यताको अन्त्य हुने बैंकको भनाइ छ । मोबाइल बैंकिङ एपमै एकीकृत गरी यस किसिमको विप्रेषण सेवा प्रदान गर्ने विकास बैंकमा महालक्ष्मी पहिलो विकास बैंक बनेको बताइएको छ ।