काठमाडौं । मंगलवार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ नै कायम भएको हो । सोमवार प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य मंगलवार स्थिर रहेको जानकारी महासंघले दिएको हो ।
यो दिन चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमवार प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलवार प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएको हो ।
मंगलवार प्रति १० ग्राम सुनको मूल्य १ लाख ५८ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६६३ रुपैयाँ कायम भएको जानकारी महासंघले दिएको छ ।