काठमाडौं । कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले मंसिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डको खुद नाफा र प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) कात्तिक मसान्तको तुलनामा मंसिरमा घटेको छ । फण्डको खुद नाफा कात्तिकको तुलनामा मंसिरमा ३८ प्रतिशत घटेको छ ।
फण्डले कात्तिक मसान्तमा रू. १० करोड ८४ लाख नाफा कमाएकोमा मंसिरमा घटेर रू. ६ करोड ६३ लाखमा झरेको हो । मंसिर महीनामा फण्डको आम्दानी घटेकाले नाफा घटेको हो । कात्तिक महीनामा फण्डको कुल आम्दानी रू. ११ करोड ५४ लाख रहेकोमा मंसिर महीनामा घटेर रू. ७ करोड ४८ लाखमा सीमित भएको छ ।
फण्डले सूचीकृत शेयरमा लगानी घटाएको छ । यस फण्डले कात्तिक मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८६ करोड ६४ लाख लगानी गरेकोमा मंसिर मसान्तमा घटाएर रू. ८० करोड ७७ लाखमा झारेको हो ।