मप व्यापार मेला आजदेखि
दिलबहादुर खत्री
पुस २९, नेपालगञ्ज
बर्दियाको बासगढी नगरपालिकामा ‘मध्यपश्चिम (मप) औद्योगिक व्यापार मेला तथा बर्दिया बासगढी माघी महोत्सव–२०७१’ बुधवारदेखि शुरू हुँदै छ । बासगढी उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति बर्दिया, बासगढी नगरपालिका र कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन् । महोत्सव माघ १० गतेसम्म
सञ्चालन हुनेछ ।
महोत्सवलाई ‘उद्योग व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको पहिचान, ग्रामीण, वैज्ञानिक प्रविधिको बृहत् प्रदर्शनीको अभियान’ नारा दिइएको छ । यसवर्ष नगरपालिका घोषणा गरिएको बासगढीमा उद्योग वाणिज्य सङ्घसमेत गठन गरिएको छ । नगरपालिका र सङ्घ स्थापनाको पहिलो वर्षमै यस क्षेत्रको व्यापार–व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको सङ्घका उपाध्यक्ष तथा प्रचार–प्रसार संयोजक शङ्कर शर्माले जानकारी दिए ।
अन्नबालीका लागि उर्वर भूमि मानिने बर्दियालाई देशभर चिनाउन महोत्सव आयोजना गरिएको बताइएको छ । महोत्सवमा १ सय ८० ओटा स्टल राखिएका छन् । महोत्सवमा करीब रू. १ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । २ लाखले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवबाट हुने आम्दानी सङ्घको भवन निर्माणमा खर्च गर्ने आयोजकको
योजना छ ।
बा“के र बर्दियामा विविध महोत्सव
यसैबीच, वागेश्वरी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा बा“केको बैजापुरमा मङ्गलवारदेखि ‘भुरभवानी माघी महोत्सव–२०७१’ शुरू भएको छ । महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने बताइएको छ । साथै, बर्दियाको पर्यटकीय स्थल बढैयातालको प्रवद्र्धनका लागि भन्दै पुस २५ देखि शुरू ‘बढैयाताल माघी कृषि तथा पर्यटन महोत्सव–२०७१’मा मङ्गलवारसम्म ३० हजार अवलोकनकर्ता पुगेका छन् । महोत्सव माघ १ गतेसम्म सञ्चालन हुने महोत्सव आयोजक समितिका सचिव भावुक आचार्यले बताए । उता, बा“केको कोहलपुर नगरपालिकास्थित मैटहवामा माघ ३ र ४ गते माघी महोत्सव आयोजना गरिएको छ । थारू कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक मूल समितिका संयोजक राधेश्याम थारूले बताए ।
दिलबहादुर खत्री
पुस २९, नेपालगञ्ज । बर्दियाको बासगढी नगरपालिकामा ‘मध्यपश्चिम (मप) औद्योगिक व्यापार मेला तथा बर्दिया बासगढी माघी महोत्सव–२०७१’ बुधवारदेखि शुरू हुँदै छ । बासगढी उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समिति बर्दिया, बासगढी नगरपालिका र कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन् । महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवलाई ‘उद्योग व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको पहिचान, ग्रामीण, वैज्ञानिक प्रविधिको बृहत् प्रदर्शनीको अभियान’ नारा दिइएको छ । यसवर्ष नगरपालिका घोषणा गरिएको बासगढीमा उद्योग वाणिज्य सङ्घसमेत गठन गरिएको छ । नगरपालिका र सङ्घ स्थापनाको पहिलो वर्षमै यस क्षेत्रको व्यापार–व्यवसाय प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको सङ्घका उपाध्यक्ष तथा प्रचार–प्रसार संयोजक शङ्कर शर्माले जानकारी दिए ।
अन्नबालीका लागि उर्वर भूमि मानिने बर्दियालाई देशभर चिनाउन महोत्सव आयोजना गरिएको बताइएको छ । महोत्सवमा १ सय ८० ओटा स्टल राखिएका छन् । महोत्सवमा करीब रू. १ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ । २ लाखले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवबाट हुने आम्दानी सङ्घको भवन निर्माणमा खर्च गर्ने आयोजकको योजना छ ।