काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न यूनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल र अजोड इन्स्योरेन्सले वैशाख २५ गते विशेष साधारण सभा आह्वान गरेका छन् ।
वैशाख ४ गते बसेको अजोड इन्स्योरेन्सको सञ्चालक समिति बैठकको निणर्यअनुसार सभा वैशाख २५ गते यूनाइटेड वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे शुरू हुनेछ । त्यस्तैै युनाइटेड इन्स्योरेन्सको सञ्चालक समिति ३६८औं बैठकको निणर्यअनुसार सभा वैशाख २५ गते अनमोल ब्यांक्वेट शंखमूल, काठमाडौंमा बिहान ११ बजे शुरू हुनेछ ।
सभाले अजोड इन्स्योरेन्स तथा यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रस्ताव पारित गर्नेछ । यसका साथै यी दुई कम्पनी एक आपसमा गाभिएर बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ कायम हुने गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले १०० बराबर ८२.५ अनुपातमा मर्जरमा जाने प्रस्ताव पनि पारित गर्नेछ । यस आधारमा अजोडको १०० कित्ता शेयर हुने शयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता शेयर पाउनेछन् । विशेष साधारणसभा प्रयोजनार्थ अजोडले वैशाख १२ गते र युनाइटेडले वैशाख १३ गते बुक क्लोज गर्दै छन् । यसको आधारमा अजोडको वैशाख ११ गते र युनाइटेडको वैशाख १२ गतेसम्म कायम शेयरधनीहरू विशेष साधारण सभामा सहभागी हुन पाउनेछन् ।