काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको कुल ४८ लाख ४५ हजार २१७ कित्ता शेयरको लकइन आगामी साउन १६ गते सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको ४१ लाख ७० हजार ५९७ कित्ता, आयोजना प्रभावित स्थानीयतर्फको ६ लाख ४८ हजार ७६२ कित्ता र कर्मचारीतर्फको २५ हजार ८५८ कित्ता शेयरको लकइन आगामी साउन १६ गते सकिने भएको हो ।
यी शेयर विगत तीन वर्षदेखि लइकनमा रहेका थिए । सर्वसाधारण लगानीकर्तामा २०७९ साल साउन १७ गते आईपीओ बाँडफाँट गरेको कम्पनीको उल्लेखित कित्ता शेयर सोही मितिदेखि लकइनमा रहेको हो । लकइन अवधि सकिएपछि साउन १८ गते आइतवारदेखि यी शेयर कारोबारयोग्य हुनेछन् । कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरु वाहेक अन्यको हकमा यी शेयर कारोबार गर्न मिल्नेछ ।