काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुरमा अपांगता संरक्षण नेपाल संस्थासँगको साझेदारीमा शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने बैसाखी वितरण गरेको छ ।
अपांगता भएका कारण दैनिक कार्य गर्न असहज भएकाले अपांगता संरक्षण नेपालमा बैसाखी तथा सेतो छडीको आवश्यताको धेरै माग आएकाले उक्त संस्थाको समन्वयमा बैंकले बैसाखी वितरण गरेको बताइएको छ । उक्त सहयोगबाट लाभग्राहीको दैनिक जीवनमा राहत पुग्ने बैंकको विश्वास छ ।
बैंकले हालै ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा जस्ता कार्य बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको बताइएकोे छ ।