काठमाडौं। नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच शेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतवार हस्ताक्षर गरेका छन् । हाइड्रोले प्रतिशेयर १०० रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ता वापतको ४७ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गर्न कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महीनासम्म रहने बताइएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.