काठमाडौं । दुई कम्पनीले संस्थापक शेयर विक्रीमा लागि सोमवार सूचना जारी गरेका छन् । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख १५ हजार कित्ता र नबिल बैंकको ३ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन् । दुवै कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी ती शेयर विक्रीमा ल्याएका हुन् ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । हिमालयन लाइफ इन्स्योरेन्सको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय, हात्तीसार, काठमाडौंमा र नबिल बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएका छन् ।