काठमाडौं । नबिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक नाफा गर्न नबिल बैंक सफल भएको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले ८ दशमलव २१ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने २ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज रकम २ अर्ब २९ करोड रुपैयाँभन्दा बढी रहेको छ । यो रकम गत वर्ष ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढी थियो । हाल कम्पनीको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ३१ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी कायम छ । तेस्रो त्रैमाससम्म कम्पनीले ५ खर्ब २ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ४ खर्ब १ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव २५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ५९ प्रतिशत पुगेको छ । २४ रुपैयाँ ८९ पैसा प्रतिशेयर आम्दानी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा रहेको छ ।