काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फण्ड ३ ले असार मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले सूचीकृत शेयरमा लगानी जेठ महीनाको तुलनामा असार महीनामा बढाएको छ ।
जेठ मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा रू. ९१ करोड ६५ लाख लगानी गरेकोमा असार मसान्तमा बढाएर रू. ९७ करोड ६० लाख पु¥याएको हो । त्यस्तै फण्डको नाफा पनि जेठ महीनाको तुलनामा असार महीनामा बढेको छ ।
जेठ मसान्तमा फण्डले रू. १ करोड ७२ लाख नाफा कमाएकोमा असार मसान्तमा बढेर रू. ९ करोड २१ लाख पुगेको छ । असार महीनामा फण्डको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । असार मसान्तमा फण्डको जम्मा आम्दानी रू. ११ करोड ३१ लाख रहेको छ ।जेठ मसान्तमा फण्डको आम्दानी रू. ३ करोड ६४ लाख थियो ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि बढेको छ । जेठ मसान्तमा फण्डको न्याभ ९ रुपैयाँ २८ पैसा रहेकोमा असार मसान्तमा बढेर ९ रुपैयाँ ८८ पैसा पुगेको छ ।